Rule 17
प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
: (१) ऐनको दफा २७को उपदफा (१) बमोजिम गठित प्रदेश बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) ऐनको अधीनमा रही उपभोक्ताको हक, हित संरक्षणको लागि नियमित रूपमा बजार अनुगमन गर्ने, गराउने,

(ख) उपभोक्ताको हक, हित संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, परिषद्‌ वा मन्त्रालयले दिएको निर्देशन बमोजिम अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने, (ग) बजार अनुगमन गर्दा कसैले ऐन तथा यस नियमावली विपरीत कार्य गरेको देखिएमा कारबाहीको लागि तुरून्त विभाग वा सम्बन्धित निरीक्षण अधिकृत समक्ष लेखी पठाउने ।

(२) प्रदेश बजार अनुगमन समितिले बजार अनुगमन गर्दा केन्द्रीय बजार अनुगमन समिति तथा विभागसँग समन्वय गर्नु पर्नेछ।